भेनेजुएलामा १९९० यताकै शक्तिशाली भूकम्प

भेनेजुएलामा १९९० यताकै शक्तिशाली भूकम्प


भेनेजुएलाको उत्तरपूर्वी तटीय क्षेत्रमा मंगलबार अपराह्न ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्पबाट हालसम्म मानवीय क्षतिको कुनै समाचार प्राप्त भएको छैन ।

त्यसैगरी भूकम्पपछि सुनामीको चेतावनी पनि दिइएको छैन । भेनेजुएलाको भूगर्भ विभागका अनुसार स्थानीय समायानुसार मंगलबार अपराह्न ५ः३१ मा गएको यस भूकम्पको केन्द्रबिन्दु यागरापारो सहरबाट १९ किलोमिटर दक्षिणपूर्वमा भएको जनाइएको छ ।
भूकम्पको कम्पन नुएभा, इस्पार्टा, मोनागास, बोलिभार, डेल्टा आमाक्यरो आरागुआ र काराबोबोलगायत क्षेत्र वरपर महसुस गरिएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

शक्तिशाली भूकप्म्पको कम्पनपछि सडक र पर्खालहरूमा चिरा देखा परेका बताइएको छ । यस भूकम्पको कम्पन कोलम्बियाको राजधानी बोगोटासम्म महसुस गरिएको थियो ।

भूकम्पपछि त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलसमेत केही समयको लागि बन्द गरिएको बताइएको छ ।

युएस प्यासिफिक सुनामी वार्निङ सेन्टरले सो भूकम्पपछि भीषण सुनामीको छाल उठ्ने सम्भावना रहेको चेतावती दिएको थियो तर पछि भने सुनामीको जोखिम घटेको भन्दै उक्त चेतावनीयुक्त सूचना फिर्ता लिएको थियो ।

भूकम्पको विषयमा विश्वभरि नै निगरानी राख्ने अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले भेनेजुएलामा हिजो आएको भूकम्प १९९० यताको नै सबैभन्दा शक्तिशाली भएको जानकारी दिएको छ ।