ब्रजिलको फुटबल एसोसिएशनका पूर्व प्रमुख होजे मरिया मारिनलाई भ्रष्टाचार आरोपमा चार वर्षको जेल सजाय भएको छ । ८६ वर्षका होजे स्पोटर्सको मार्केटिङ गर्ने कम्पनीबाट खेल प्रशारण गर्न दिने शर्तमा ठूलो रकम लिएकोमा दोषी देखिएको ’द गार्जियन’ले खबर लेखेको छ ।
होजेसहित विश्व फुटबलको प्रशासकीय निकाय फिफाका सातजनालाई भ्रष्टाचार आरोपमा सन् २०१५ को मे मा स्वीट्जरल्याण्डको ज्युरिचस्थित रहेको होटलबाट पक्राउ गरिएको थियो । होजेले कोपा अमेरिकासहितका प्रतियोगिताका खेल प्रशारण गर्न दिने शर्तमा घुस लिएको बताईएको छ ।
यस्तै होजेले १२ लाख अमेरिकी डलर जरिवाना तिर्नु पर्ने भएको छ । यस्तै ३३ लाख ४० हजार अमेरिकी डलर दण्ड स्वरुप तिर्न पनि आदेश दिएको छ । सन् २०१२ देखि २०१५ सम्म होजेले ब्रजिलियन फुटबल एसोसिएशन सम्हालेका थिए ।
प्रतिक्रिया