बाढी प्रभावित पश्चिम जापानमा भीषण आँधी

बाढी प्रभावित पश्चिम जापानमा भीषण आँधी


पश्चिम जापानमा आज (बिहीबार) भीषण आँधी आएको छ । भीषण बाढीबाट गत महिना प्रभावित इलाकालगायत अन्य क्षेत्रमा यसपटक पनि भारी वर्षा र पहिरो जाने चेतावनी मौसम विज्ञान विभागले दिएको छ ।

ग्रीनविच समयअनुसार बुधबार ‘सिमारोन’ नामक यो आँधी गोटो द्वीपबाट करिब १८९ किलोमिटर दक्षिणपश्चिममा २१६ किलोमिटर प्रतिघन्टाको वेगले आएको छ । यस आँधीको कारण बिहीबार अबेर राति भूस्खलन हुने आशंका गरिएको छ । यो आँधी शुक्रबार बिहान देशको उत्तरी भागतिर पुग्नेछ ।

आँधीसँगै भीषण वर्षा हुने सम्भावना रहेकोले मध्यजापानका केही भागमा शुक्रबार मध्याह्नसम्म ३१ इन्च (८०० मिलिमिटर) सम्म वर्षा हुने मौसमसम्बन्धी सरकारी अधिकारीहरूले बताएका छन् ।

भारी वर्षा हुने सम्भावना रहेका इलाकामा गत महिनाको बाढी प्रभावित इलाकासमेत रहेका छन् । गत जुलाईको बाढी र पहिरोमा परेर २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।