कम्बोडियाका राजाद्वारा प्रतिपक्षी नेतालाई जेल चलानको आदेश

कम्बोडियाका राजाद्वारा प्रतिपक्षी नेतालाई जेल चलानको आदेश


कम्बोडियाका राजा नोरोदम सिहामोनीले बिहीबार प्रतिपक्षी दलका प्रमुख नेतालाई जेल चलान गर्ने आदेश जारी गरेका छन् ।

सिहामोनीद्वारा सानो प्रतिपक्षी दल खमेर पावर पार्टीका नेता सौर्न सेरेई राधालाई जेल चलानको आदेश भएको हो ।

दरबारको आदेशमा ४५ वर्षीय राधालाई पाँच वर्ष जेल सजाय तोकिएको उल्लेख गरिएको एएफपीले जनाएको छ । ‘नरेशको आदेश कार्यान्वयन गराउने जिम्मेवारी प्रधानमन्त्री सम्देच टेचो हुन सेनको हुनेछ,’ आदेशमा राजाले लेखेका छन् ।

शान्ति सुरक्षामा बाधा पु¥याएको भन्दै गत वर्ष जेल चलान गरिएका १२ जना विपक्षी बन्दीहरूलाई क्षमादान दिने विषयमा पनि प्रधानमन्त्री हुनसेनले राजासँग कुरा गर्ने बताएका छन् ।

दक्षिणी केन्डाल प्रान्तमा बिहीबार आयोजित कपडा उद्योगका हजाराँै कामदारको भेलामा उनले कुनै वैदेशिक दबाबमा नपरी आफ्नै क्षमाभावले उनीहरूलाई क्षमादान गर्न लागिएको दाबी गरे ।