आफूलाई योग्य प्रमाणित गर्न लुलाले पाए सात दिनको समय

आफूलाई योग्य प्रमाणित गर्न लुलाले पाए सात दिनको समय


ब्राजिलको निर्वाचन अदालतले बिहीबार पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई आफूमाथि चलेको फौजदारी मुद्दाको प्रतिवाद गर्न सात दिनको समय दिएको छ ।

आगामी अगस्ट ३० तारिखसम्म ब्राजिलको राष्ट्रपतीय चुनावमा उम्मेदवार बन्न लुला आफैँले योग्य रहेको प्रमाण दिनुपर्नेछ । विपक्षी पार्टी र अन्य उम्मेदवारले उनीमाथि निर्वाचनमा उम्मेदवार हुन अयोग्य रहेको भन्दै प्रश्न उठाएका छन् ।

लुला हाल भ्रष्टाचारको आरोपमा १२ वर्षको जेल सजाय भोग्दै छन् । निर्वाचन अदालतले उनको उम्मेदवारी रद्द गरे पनि उनका वकिलले सर्वोच्च संघीय अदालतमा उजुरी दिन सक्नेछन् ।

यदि उनको उम्मेदवारी अस्वीकृत भएमा लुलाको वर्कर्स पार्टीले सेप्टेम्बर १७ सम्ममा अर्को व्यक्तिलाई उम्मेदवार बनाउनेछ, र ती व्यक्ति उनकै मित्र फर्नान्डो हदाद हुनेछन् ।

संयुक्त राष्ट्रसंघ मानवअधिकार आयोगले लुलाको राजनीतिक अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ ।