बिमस्टेक अवधीभर जोर विजोर प्रणालीमा सवारी साधन

बिमस्टेक अवधीभर जोर विजोर प्रणालीमा सवारी साधन


चौथो बिमस्टेक शिखर सम्मेलनको तयारी तिब्र पारिएको छ । काठमाडौँको सवारी चाप व्यवस्थित गर्न सम्मेलनको अघिल्लो दिनदेखि सम्मेलन सकिने दिनसम्म ट्राफिक प्रहरीले जोर विजोर प्रणाली लागू गर्ने बताइएको छ ।

भदौ १३, १४ र १५ गते काठमाडौंमा चल्ने निजी र भाडाका सवारी साधनमा जोर विजोर प्रणाली लागू लागू गर्न लागिएको हो । यसो गर्दा झण्डै आधा सवारी चल्न पाउने छैनन् ।

बिमस्टेक शिखर सम्मेलनमा भाग लिन ७ राष्ट्रका राष्ट्राध्यक्ष वा सरकार प्रमुख काठमाडौँ आउने भएका छन् । ‘विशिष्ट’ पाहुनाहरुको आवतजावत तथा सुरक्षालाई ध्यानमा राखी काठमाडौंको सवारी चाप गर्न सो प्रणाली लागू गरिने भएको ट्राफिक महाशाखाले जनाएको छ ।