रास्वपाका सांसदविरुद्ध तीन वर्ष जेल सजाय माग गर्दै उजुरी

रास्वपाका सांसदविरुद्ध तीन वर्ष जेल सजाय माग गर्दै उजुरी


अदालतको काम कारबाहीमा अवरोध गरेको भन्दै रास्वपाका सांसदहरुविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा निवेदन परेको छ ।

नेपाल सरकार, नेपाल प्रहरी र अदालतको काम कारबाहीमा अवरोध गर्ने रास्वपा सांसदहरुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा (५)को उपदफा (४)बमोजिम ३ वर्ष जेल सजाय र ३० हजार जरिवानाको माग गर्दै युवराज सफलले जिल्ला प्रहरी परिसरमा जाहेरी पेश गरेका हुन् ।

जाहेरीमा उनले संसदीय छानबिन समितिले कारवाही गर्न सिफारिस गरेपछि प्रहरीले अदालतको आदेशमा गरेको कारवाहीप्रति अवरोध सिर्जना गर्न आन्दोलन गरिरहेको र कार्यकर्तालाई अनिवार्य उपस्थितिको लागि उर्दी समेत जारी गरेकोले सो कार्य मुलुकी अपराध संहिताविपरित भएको उल्लेख छ ।