लालबकैया खोलामा डुङ्गा दुर्घटना

लालबकैया खोलामा डुङ्गा दुर्घटना


रौतहट जिल्लाको गौरनगरपालिका–४ मा पर्ने लालबकैया खोलाको टिकुलीयाघाटमा आज साँझ डुङ्गा दुर्घटना भएको छ । स्थानीयका अनुसार डुङ्गामा ३५ देखि ४० जना सवार थिए ।

खोला पार गर्ने क्रममा डुङ्गा पल्टिँदा त्यसमा सवार धेरै यात्रु बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी उपरीक्षक केदार ढकालको नेतृत्वमा गएको टोलीले १५ जनालाई उद्धार गरेको छ ।

प्रहरी उपरीक्षक ढकालका अनुसार खोलामा पानी सतह बढेका कारण अनियन्त्रित भई डुङ्गा पल्टिएको थियो । अन्य बेपत्ताको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।