अनेसास अध्यक्षमा लेकाली विजयी

अनेसास अध्यक्षमा लेकाली विजयी


डिल्लीराम अम्माई, बेल्जियम

साहित्यकार राधेश्याम लेकाली अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अध्यक्ष पदमा ५७० मत ल्याएर निजायी भएका छन् । अमेरिकी समय अनुसार गत शुक्रबार राती सार्वजनिक गरिएको मत परिणाम अनुसार राधेश्याम लेकाली अनेसास अध्यक्षमा निर्वाचित भएका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी साहित्यकार गोवर्द्धन पूजालाई २११ मतले पछि पारेका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतअनुशार लेकालीले ५७० र गोबर्धनले ३५९ मत ल्याएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको १३औँ कार्यसमितिको गत बुधवार, बिहीबार र शुक्रवार गरी तीन दिनसम्म अनलाइनबाट मतदान भएको थियो ।

आगामी दुइवर्षे कार्यकालका लागि शुक्रवार सम्पन्न भएको निर्वाचनमा अमेरिका क्षेत्रको उपाध्यक्षमा शान्तिराम ढकाल, महासचिव पदमा गणेश घिमिरे अस्ट्रेलिया, सचिवमा लालगोपाल सुवेदी अमेरिका, सदस्यहरूमा सानु घिमिरे अस्ट्रेलिया, लक्ष्मी राई बेलायत र अग्निप्रसाद पराजुली भारी मतको अन्तरले निर्वाचित भएका छन् ।

यसअघि वरिष्ठ उपाध्यक्ष पदमा प्रकाश पौडेल ‘माइला’, उपाध्यक्षहरू भीमसेन सापकोटा, निशा अर्याल, सुनिल संगम र कोषाध्यक्ष पदमा विकास विष्ट निर्विरोध निर्वाचित भैसकेका छन् ।

यसै क्रममा घटना र विचारलाई प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष लेकालीले भचुनाव आवश्यक प्रक्रिया भएकोले यसमा आएका क्रियाप्रतिक्रियाले संगठनको जीवनमा कुनै असर नगर्ने र संगठनलाई एकताबद्ध बनाएर लैजाने बताए । यो जित प्रक्रियाको जित हो कसैको पनि हार होइन भन्दै उनले भाषा साहित्यको उत्थानमा सबै एक ढिक्का भएर जाने संकल्पको विकल्प नरहेको बताए।