बसको ठक्करबाट महिलाको मृत्यु

बसको ठक्करबाट महिलाको मृत्यु


बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी २५-३० वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

राजविराजबाट काठमाडौँ जान आउँदै गरेको ना ५ ख १५६२ को बसले आज बिहान २ः३० बजे भरतपुर महानगरपालिका–१ रामनगरमा महिलालाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा बिहान ५ः२० बजे भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

महिलालाई ठक्कर दिने बस र बसका चालकलाई प्रहरी नियन्त्रणामा लिइएको छ । मृतकको सनाखत हुन सकेको छैन ।