घरबाटै चोरिइन् आठ महिने शिशु

घरबाटै चोरिइन् आठ महिने शिशु


महोत्तरीको औरही नगरपालिकाबाट एक शिशु चारिएकी छिन् । औहरी नगरपालिका–१ का सन्तोष चौधरीको आठ महिनाकी छोरी सोनाली कुमारी हिजो (आइतबार) घरबाटै चोरिएकी हुन् ।

महोत्तरीकै सीतापुर भंगाहा–६ का भरत साहले ती बालिका लगे पनि अहिलेसम्म पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आइतबार साँझ ६ः३० बजे ती बालिकालाई खेलाउने क्रममा उनले घरबाटै लिएर हिँडेको बताइएको छ । चोरिएकी बालिकाको खोजी भइरहे पनि केही पत्ता नलागेको प्रहरी कार्यालयले जनाएको छ ।