प्रेस स्वतन्त्रतालाई सङ्कुचीत गर्ने प्रावधान सच्याउन आग्रह

प्रेस स्वतन्त्रतालाई सङ्कुचीत गर्ने प्रावधान सच्याउन आग्रह


नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले मुलुकी अपराध (संहिता) ऐन २०७४ का कतिपय प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचीत गरेको निष्कर्ष निकालेको छ ।

फोनिजको सङ्घीय सचिवालयको सोमबार बसेको बैठकले यही भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन, मुलुकी फौजदारी अपराध कार्यविधि (संहिता) ऐन २०७४ र संसद्मा दर्ता भएको वैक्तिक गोपनीयताको हकसम्बन्धी विधेयकका कतिपय प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचीत गरेको निष्कर्ष निकालेको हो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचीत पार्ने प्रावधानलाई संशोधन गरी मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी अपराध कार्यविधि (संहिता) ऐन २०७४ र संसद्मा दर्ता भएको वैक्तिक गोपनीयताको हकसम्बन्धी विधेयकको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधानलाई संशोधन गरी प्रेसमैत्री बनाउनसमेत फोनिजले सरकारसँग आग्रह गरेको छ ।

फोनिजले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचीत पार्ने प्रावधानलाई संशोधन गर्न नेपाल पत्रकार महासङ्घलगायत विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने दबाबमूलक कार्यक्रममा पनि उपस्थिति र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।