गोर्खाली गाईजात्रा काठमाडौंमा

गोर्खाली गाईजात्रा काठमाडौंमा


गोरखा ताकुकोटका बासिन्दाले काठमाडौंका विभिन्न स्थानहरुमा गाइजात्रा देखाएका छन् । काम तथा अन्य पेशा व्यवसायका लागि काठमाडौंमा आएर बसोबास गरेका गोरखाका वासिन्दाले सोमबार आफ्नै शैलीमा गाईजात्रा पर्व मनाएका हुन् । नेवार समुदायमा गाईजात्रा दिवंगत आफन्तको सम्झनामा देखाउने गरिन्छ ।

कला संस्कृतिका जगेर्नाका लागि भन्दै गोरखाका बासिन्दाले गोरखाको गाइजात्रा नाच देखाएका छन् । काठमाडौंको नयाँ बजारबाट सुरु भएको गाइजात्रामा घोडा नाच, गाइ नाच, लाखे नाच, टाक्टुके नाच प्रदर्शन गरिएको थियो ।नयाँ बजार, बालाजु, वनस्थली, ढुङ्गेधारा, राधाकृष्ण मन्दिर, रानीवन हुँदै पुन नयाँबजारसम्म आएर गाइजात्रा सकिएको थियो । गाइजात्रामा विभिन्न पोशाक र हाउभाउ देखाएर मनोरञ्जन गराइएको थियो । गाइजात्रा