घुस लिएको अभियोगमा कार्यालय सहयोगी पक्राउ

घुस लिएको अभियोगमा कार्यालय सहयोगी पक्राउ


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण केन्द्र भरतपुर वितरण केन्द्रका कार्यालय सहयोगी कृष्णबहादुर सुवेदीलाई २० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगले सुवेदीलाई भरतपुर महानगरपालिका–७ मस्र्याङ्दी टोलमा रहेको जीवनज्योति मिनरलवाटर एन्ड वेभरेज इन्डस्ट्रिजबाट पक्राउ गरेको हो । विद्युत प्रसारण लाइनको खम्बा मर्मत गर्ने सिलसिलामा सुवेदीले सेवाग्राहीसँग घुस मागेको अभियोग लागेको छ ।