सुनसहित भुटानी नागरिक पक्राउ

सुनसहित भुटानी नागरिक पक्राउ


अवैध रुपमा लैजान लागेको १५७.३२ ग्राम सुनसहित प्रहरीले एक भुटानी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुटानी नागरिक छिरिङ नाम्ग्याल रहेका छन् ।

भुटानतर्फ जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा उक्त परिमाणको १६ थान सुनको प्याकेटसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । आवश्यक अनुसन्धान एवं कारवाहीका लागि प्रहरीले उनलाई विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको छ ।

यस्तै, बुटवल उपमहानगरपालिका–१ जितगढीस्थित तिनाउ खोलाको किनारमा आज नाम, थर र वतन नखुलेकी एक महिला मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।