शान्ति पत्रकारिता पुरस्कारबाट सम्मानित हुँदै राजबहादुर

शान्ति पत्रकारिता पुरस्कारबाट सम्मानित हुँदै राजबहादुर


नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्दै आएको शान्ति पत्रकारिता पुरस्कारबाट राजबहादुर गुरुङ चयन भएका छन् । रमेश पौडेलको संयोजकत्वमा सदस्य सरस्वती गुरुङ, गीता विष्ट एवम् प्रतिष्ठानको तर्फबाट धर्मराज बराल (भोला) र कुञ्जन बराल, पदेन सदस्य प्रेस युनियनका अध्यक्ष शिरोमणी बराल र युनियनकै सचिव प्रकाचन्द सापकोटासहित सात सदस्यीय छनोट समितिले गुरुङलाई सर्वसम्मतले छनौट गरेको थियो ।

नेपाल प्रेस युनियन कास्कीद्वारा सञ्चालित पूर्णप्रसाद बराल मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापित गण्डकी प्रदेशस्तरीय शान्ति पत्रकारिता पुरस्कार २०७५ द्वारा पोखरामा आफ्नो कर्मथलो बनाइ लामो समय पत्रकारताको माध्यमबाट सेवा पुर्याउदै आएका नेपाल प्रेस युनियन कास्कीका सल्लाहकार राजबहादुर गुरुङलाई प्रदान गर्ने निर्णय गरिएको हो ।

यही भदौ २२ गते बिहान ८ बजे पोखरा उद्योग बाणिज्य संघको अमृतकक्षमा सिद्धबाबा श्री श्री १००८ श्री डा. श्री वैष्णव कृष्णदासजी महाराजका हातबाट उक्त पुरस्कार प्रदान गरिने जनाइएको छ ।

बुवा हिरा सिंह र आमा देवकुमारी गुरुङको कोखबाट अन्नपूर्ण गाउपालिका–११ मा जन्मेका गुरुङ हाल पोखरा–१६ सेतीमार्गमा बस्दै आएका छन् । विभिन्न संघ संस्थामा आवद्ध रहेका गुरुङ युनाइटेड खबर डटकम तथा युनाइटेड दैनिकका प्रधानसम्पादक हुन् भने तमु (गुरुङ) संचारकर्मी संघ नेपालका सल्लाहकार समेत रहेका उनी विभिन्न विकास निर्माणका कार्यहरूमा समेत उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् ।