रुसले आगामी महिना शीतयुद्धपछिकै पहिलो सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने भएको छ । रुसी रक्षामन्त्रालयलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार सन् १९८० पछि पहिलोपटक तीन लाख सेना र एक हजार विमान प्रयोग गरी हुने सैन्य अभ्यासलाई भोस्टोक–२०१८ नामाकरण गरिने छ ।
सेप्टेम्बर १० देखि पाँच दिन हुने अभ्यासमा मुलुकका केन्द्रदेखि पूर्वी क्षेत्रसम्मका सबै तहका सेनाको प्रतिनिधित्व हुनेछ ।
यो अभ्यास पूर्वी यूरोपमा सन् १९८१ मा गरिएको झापड–८१ को झलक दिने खालको तर कतिपय बिषयमा अझ विशाल अभ्यास हुने रुसी रक्षामन्त्री सर्गेई सोइगुले जानकारी दिएका छन् ।
‘कल्पना गर्नूस्, ३६ हजार सैनिक हतियार, हतियार ट्याङ्कहरू, सैन्य गाडीहरू एकैपटक चलेको यो पक्कै अनौठो हुनेछ’, उनले भनेका छन् ।
रुसले गत बर्ष झापड–२०१७ नामक सैन्य अभ्यास गरेको थियो जसमा १२ हजार ७०० सेनाको प्रयोग भएको थियो ।

प्रतिक्रिया