सडक दुर्घटनामा महिलाको मृत्यु

सडक दुर्घटनामा महिलाको मृत्यु


काठमाडौं महानगरपालिका–१३ स्थित विष्णुमती पुलनजिक आज बिहान भएको सडक दुर्घटनामा बबिता थापाको मृत्यु भएको छ ।
ना.४ख २९४८ नम्बरको ट्यांकरले त्रिपुरेश्वर जाने क्रममा बा.३४प ५४१५ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार दोलखाकी ३२ वर्षीया थापा गम्भीर घाइते भएकी थिएन् । घाइते थापाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

सोही दुर्घटनामा मोटरसाइकल चालक देवकुमार रिजाल सामान्य घाइते भएका छन् । ट्यांकरचालक मकवानपुरका ६२ वर्षीय वीरबहादुर विकलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।