त्रिशूलीमा ट्रक खस्दा एकको मृत्यु, एक बेपत्ता

त्रिशूलीमा ट्रक खस्दा एकको मृत्यु, एक बेपत्ता


त्रिशूली नदीमा गए राति ट्रक खस्दा एकजनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् ।

काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको बा.४ख ७७८१ नम्बरको ट्रक गजुरी गाउँपालिका–६ पोखरेखोलाबाट त्रिशूलीमा खस्दा गजुरी–६ का २२ वर्षीय केशर पुलामीको मृत्यु भएको छ । सोही ठाउँका २१ वर्षीय रामकृष्ण भुजेल नदीमा हराइरहेका छन् ।

भुजेलको खोजी भइरहेको प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए । घाइते तीनजनालाई उपचारको लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ ।