चौरजहारीमा १५ महिनादेखि उडेनन् विमान

चौरजहारीमा १५ महिनादेखि उडेनन् विमान


रुकुम पश्चिममा रहेको चौरजहारी विमानस्थलमा हवाईसेवा १५ महिनादेखि बन्द छ । हवाईसेवा बन्द हँुदा जाजरकोट, सल्यान र रुकुम पश्चिमका बासिन्दा मारमा परेका छन् ।

०७४ देखि सो विमानस्थलमा हवाईसेवा बन्द छ । हवाईसेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन् । मिसन अस्पतालले रिफर गरेका बिरामीलाई सास्ती भएको छ । बिरामीलाई कच्ची सडक प्रयोग गरी उपचारका लागि सुर्खेत, नेपालगञ्ज र काठमाडौं लैजानुपर्ने बाध्यता भएको स्थानीयवासी गोपाल रेग्मीले बताए ।

विमानस्थल नियमित रूपमा सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरिरहेको रुकुम पश्चिमका प्रदेश सभा सांसद गोपाल शर्माले बताए । ‘कम्तीमा हप्तामा एकपटक उडान भर्न प्राधिकरणसँग पहल भइरहेको छ,’ उनले भने । केही समयअघि रु. ४ करोड ५० लाख खर्च गरी उक्त विमानस्थल कालोपत्र गरिएको हो ।