ब्राजिलका पूर्वराष्ट्रपति लुलालाई निर्वाचन लड्न प्रतिबन्ध

ब्राजिलका पूर्वराष्ट्रपति लुलालाई निर्वाचन लड्न प्रतिबन्ध


ब्राजिलका पूर्वराष्ट्रपति लुइस इनासिओ लुला डा. सिल्भालाई निर्वाचन लड्न प्रतिबन्ध लगाइएको छ ।

ब्राजिलको निर्वाचन अदालतले शुक्रबार उनलाई दोषी ठहर गर्दै निर्वाचन लड्न नपाउने निर्णय सुनाएको बताइएको छ ।

आगामी अक्टोबरमा तय गरिएको राष्ट्रपतीय निर्वाचनमा उनले भाग लिन नपाउने भएपछि ब्राजिलको राजनीतिमा नयाँ तरंग फैलिएको छ ।

७२ वर्षीय पूर्वराष्ट्रपति लुलालाई भ्रष्टाचारको आरोप लगाइएको छ । त्यही आरोपका कारण उनलाई निर्वाचन लड्न प्रतिबन्ध लगाइएको हो । उनको पार्टीले यही अगस्ट १५ मा उनलाई राष्ट्रपतिको रूपमा उम्मेदवारी दर्ता गराएको थियो ।

सन् १९४५ को अक्टोबर २७ मा गरिब किसान परिवारमा जन्मिएका लुला ल्याटिन अमेरिकी देशमध्ये सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश ब्राजिलमा लोकप्रिय नेता मानिन्छन् ।

उनी १४ वर्षकै उमेरमा मेटल वर्कर्स युनियनको अध्यक्ष बनेका थिए भने सन् २००३ मा ब्राजिलको पहिलो वामपन्थी राष्ट्रपतिमा निर्वाचित भएका थिए ।