मध्यरात-आजाद अजनवी

मध्यरात-आजाद अजनवी


जब-जब पल्लो छिमेकी डेरावाल
रक्सीले बेस्सरी मातेर मध्यरातमा
सिङ्गो घर उचाल्दै
उचाल्छ देशविरोधी नारा
उचाल्छ नेताविरोधी नारा
एक्कासि १
मेरो गहिरो निद्रा खलबलिन्छ
सपनामा आइपुगेकी अन्जान राजकुमारीसँग
सुमधुर वार्तालाभ भङ्ग भइदिन्छ
केवल दुई मिनेट
म एक्लै दुर्बासा भएर रिसाउँछु
ऊ उसरी नै
नेताविरोधी गीत गाइरहन्छ
म पूरै चंख भइसक्छु यहाँसम्ममा
ऊ कुर्लिदिन्छ एक-एक नाम तोक्दै
मुर्दावाद……मुर्दावाद
फलानो नेता मुर्दावाद
फलानो नीति मुर्दावाद

यो समय बिहान वा दिउँसो थियो भने
म दिने थिएँ उसलाई
गुलाफको एक थुङ्गा रातो फूल
र किनिदिने थिएँ
थप एक ग्लाँस कडा रक्सी

अब
निद्रा नपरुन्जेलको बाँकी समय
म बुद्धझैं शान्त भइदिन्छु
साँच्चै खुसी भइरहन्छु ।
– ललितपुर

गीत -रेशमकुमार सुनुवार
जिन्दगीमा सधैंभरि नहारेकै जाती
सास हुन्जेल आशा नमारेकै जाती

कहिले चढ्यो शिखरमा कहिले तल झर्‍यो
बग्दै जाँदा समय त्यो ऊ त छक्क पर्‍यो
आफै ले आफै लाई मारमा नपारेकै जाती
सास हुन्जेल आशा नमारेकै जाती

सबैजना बूढो हुन्छन् यो संसारको ठिटो
छक्क पर्छन् सबै मान्छे बित्दा समय छिटो
बिनाअर्थ सबको सेखी नझारेकै जाती
सास हुन्जेल आशा नमारेकै जाती