बोकोहरामको आक्रमणमा ३० सैनिकको मृत्यु

बोकोहरामको आक्रमणमा ३० सैनिकको मृत्यु


नाइजरको सीमा क्षेत्रमा रहेको नाइजेरियाली सेनाको शिविरमा बोकोहराम समूहले गरेको आक्रमणमा परी कम्तीमा ३० सेनाको मृत्यु भएको छ ।

छुट्टाछुट्टै दुई सैनिक स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार नाइजेरियाको उत्तरी क्षेत्रमा बलियो उपस्थिति रहेको विद्रोही समूह बोको हरामले एक्कासि सैनिक शिविरमा आक्रमण थालेपछि प्रतिकारको क्रममा ३० जना सैनिक अधिकारी मारिएका हुन् ।

सयौँको संख्यामा ट्रकमा आएका जिहादी विद्रोहीले ब्रोनो राज्यको उत्तरी सीमा क्षेत्रमा रहेको जारी गाउँमा रहेका शिविरमा एक्कासि आक्रमण गरेपछि सेनाले उनीहरूविरुद्ध प्रतिकार गरेको थियो ।

दुई पक्षबीच बिहीबार शिविरमाथि आक्रमण गरी केही समय शिविरलाई कब्जा गरेको भए पनि सेनाको थप बल त्यहाँ पुगेपछि उनीहरूलाई उक्त स्थानबाट लखेट्न सेना सफल भएको बताइएको छ ।

सेनाले दिएको जानकारीअनुसार विद्रोहीतर्फको क्षतिको विवरण भने दिइएको छैन ।