नेपाली युवा सेफको अष्ट्रेलियामा चर्चा

नेपाली युवा सेफको अष्ट्रेलियामा चर्चा


राजन घिमिरे, अष्ट्रेलिया

एक नेपाली ठिटोले अष्ट्रेलियाको चर्चित टेलिभिजन च्यानल एसबिएस टेलिभिजनमा उल्लेख्य सफलता हात पारेका छन् । यसबारे एसबीएसले आफ्नो अनलाईन संस्करणमा जनाएको छ । यसरी समाचारको पात्र बनेका नेपाली ठिटो हुन् सुजन श्रेष्ठ।

सुजन पहिले मध्यपूर्वको मिठाइ बनाउन आफूसँग खास खुबी नभएको सोच्ने गर्थे। तर केही वर्ष अगाडि मात्र नेपालबाट सिड्नी आएका विनम्र स्वभावका श्रेष्ठले ूद शेफ्स लाइनू नामक एसबीएस टिभीमा प्रसारण हुने प्रतिष्पर्धामा बनाएको कनाफे र स्याउको चियाले जजको मन जित्न सफल भयो ।

शेफ सुजन श्रेष्ठ हाल सिड्नीस्थित एक बहुपुरस्कृत केपोस स्ट्रीट किचेनमा कार्यरत रहेका छन्। उनको रेस्टुरेन्टलाई ूद शेफ्स लाइनू नामक कार्यक्रममा आफ्नो घरमा मात्र खाना बनाउने गैरपेशागत शेफहरुसँग प्रतिष्पर्धा गर्न आमन्त्रित गरिएको थियो।

उक्त प्रतिष्पर्धामा आफुले केही मिठाई बनाउनु नपर्ने आशा श्रेष्ठले गरेका थिए। जब केपोस स्ट्रीट किचेनमा कार्यरत उनका अन्य सहकर्मीहरु गैरपेशागत शेफहरुसँग एक पोइन्टले पछाडी परे तब पुरस्कार हात पार्ने भार सबै स्टेशन शेफ श्रेष्ठमाथि परेको थियो। तर उक्त जित हासिल गर्न खाली एउटा समस्या थियो( आफ्नो विशेषता नरहेको मिठाई बनाउनु। तर यि मिहेनती यूबालाई त्यों कुरा समस्या रहेन ।

जित हासिल गर्न उनले मध्यपूर्वीय मिठाईको परिकार कनाफे तथा स्याउको चिया रोजेका थिए।

काठमाडौंमा हुर्किएका एक नेपालीले अस्ट्रेलियाली टिभी कार्यक्रममा मध्यपूर्वको मिठाइ बनाउँदै प्रतिष्पर्धा जित्न सफल भएपछि यतिबेला अष्ट्रेलियाका मिडियामा उनको चर्चा चुलिएको छ ।