‘दाता’ कृष्ण सम्मानित

‘दाता’ कृष्ण सम्मानित



डिल्ली अम्माई, बेल्जियम

युरो नेपाल खेलकुद संघ बेल्जियमले गत अगस्ट १९ का दिन ३० वर्षभन्दा बढी उमेर समुहका खेलाडीबीच तेश्रो रनिङशिल्ड फुटबल प्रतियोगिताका साथै महिलाको २०० मिटर दौड र बालबालिकाबीच १०० मिटरको दौड प्रतियोगिता सम्पन्न गरेको थियो । सो प्रतियोगितामा सहभागिता जनाई विजेता बन्नेहरुमध्येका दोस्रो पुरस्कार पाउनेलाई लुभेनबाट नगरपरिषद सदस्यमा उम्मेदवारी दिएका कृष्ण क्षेत्रीले पुरस्कार प्रायोजन गरेका थिए। पुरस्कारको प्रयोजनका निम्ति उनले ५०० युरो प्रदान गरेर खेलाडीहरुको हौसला बढाएकोमा अध्यक्ष किसन केसी र महासचिव मीनबहादुर क्षेत्रीद्वारा धन्यवाद दिंदै हालै एक सभाको आयोजना गरी प्रमाणपत्रसहित खादा पहिर्याएर उनको सम्मान गरिएको छ ।

सन् २०१४ मा बेल्जियम आएर होटल व्यवसायमा जमेका कृष्ण क्षेत्री बेल्जियमको एक राष्ट्रवादी पार्टी एनभीआबाट सातौँ रोलक्रममा परिषद सदस्यमा उठेका छन्। क्षेत्री समाज बेल्जियमका सदस्य समेत रहेका उनका श्रीमतीसहित दुई सन्तान बेल्जियममै बस्छन् ।

ब्यवसायी संघका अध्यक्ष सिपी भट्ट, चिजकुमार श्रेष्ठ सिलु लगायत पुरस्कारका अन्य प्रायोजकहरुलाई संघले पुरस्कार वितरण समारोहमा सम्मान गरेको थियो।