बिल गेटस् र बान की मुनले एउटै संस्थामा काम गर्ने

बिल गेटस् र बान की मुनले एउटै संस्थामा काम गर्ने


संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव बान की मुन र चर्चित अर्बपति बिल गेट्सले एक अन्तर्राष्ट्रिय संस्थामा सँगै काम गर्नै भएका छन् ।

आउँदो महिना घोषणा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय एउटा आयोगमा ती दुवै प्रसिद्ध व्यक्तित्वले सँगै काम गर्न लागेका नेदरल्याण्डको सरकारले जनाएको छ ।

सो आयोगलाई ग्लोबल सेन्टर अन एडप्टेसनले मुख्य सहयोग गर्ने भएको छ भने विश्व बैंकका प्रमुख कार्यकारी अधिकृतले विषेश चासो दिने छ।

यसले तिव्र गतिमा बिग्रँदै गइरहेको विश्वको जलवायुसम्बन्धी समस्या समाधान गर्न सरकारी तथा गैरसरकारी निकायहरूलाई सहयोग र समन्वय गरिदिने बताइएको छ ।

बान, माइक्रोसफ्टका संस्थापक गेट्स र विश्व बैंकका प्रमुख कार्यकारी अधिकृत उपस्थित भएर आउँदो अक्टोबर १६ तारिखका दिन नेदरल्याण्डमा औपचारिक रूपमा सो आयोगको घोषणा गर्ने तयारी भएको हो ।