भारतमा तीर्थयात्री बस दुर्घटना, ४५ को मृत्यु

भारतमा तीर्थयात्री बस दुर्घटना, ४५ को मृत्यु


भारतको तेलंगाना राज्यको जगतियाल जिल्लामा आज (मंगलबार) भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै अरू धेरैजना घाइते भएको प्रहरीले जनाएको छ ।

यात्रुले खचाखच भरिएको राज्य सञ्चालित एउटा बस गहिरो खोँचमा खसेपछि सो घटना भएको हो । उक्त बसमा ५० भन्दा बढी यात्रु सवार रहेको पनि प्रहरीले जनाएको छ । मृत्यु भएकामा अधिकांश महिला छन् ।

घाइतेहरूलाई उद्धार गरी स्थानीय जगतियालको अस्पतालमा भर्ना गरिएको छ । उक्त बस कोन्डागाटु अन्जनेया स्वामी मन्दिरबाट तीर्थयात्रु लिएर फर्कंदै थियो ।