विश्वकप विजेता फ्रान्सेली टोलीका क्याप्टेन तथा गोलरक्षक ह्युगो लोरिसलाई फ्रान्समा अत्यधिक सम्मान गरिन्छ । फ्रान्स मात्र होइन उनी विश्वकै सर्वाधिक आदरणीय व्यक्ति मानिएका छन् ।
यसरी फुटबलमा आफ्नो देशलाई विश्वविजेता बनाएर विश्वभर लोकप्रिय बनेका लोरिस लण्डनमा मादक पदार्थ सेवन गरी कार चलाएर कानुनी फन्दामा परेका छन् ।
लण्डनको मध्य भागमा बुधबार मादक पदार्थ सेवन गरेर सवारी चलाएको भेटिएपछि उनलाई जेल सजाय तोकिएकोमा उनले सो सजाय अस्वीकार गरिदिए ।

तर, जेल सजाय अस्वीकार गरे पनि लोरिस २० महिना सवारी सञ्चालनमा प्रतिबन्ध र ६५ हजार डलर जरिवाना तिर्न भने सहमत भएका छन् ।
‘गत जुलाई १५ तारिखका दिन उहाँ विश्वकै सबैभन्दा गौरवपूर्ण व्यक्ति बन्नु भएको थियो, उहाँकै नेतृत्वमा फ्रान्सले रुसको मस्कोमा विश्वकपको उपाधि प्राप्त गरेको थियो’ उनका वकिल डेभिड सोन भन्छन्– ‘सो उपाधि प्राप्त गरेको करिब दुई महिनामा उहाँ लण्डनको मध्य भागमा पक्राउ पर्नुभएको छ र उहाँले अदालतमा क्षमायाचना पनि गर्नुभएको छ ।’
डेलि मेल पत्रिकाका अनुसार लोरिसले मादक पदार्थ सेवन गरेको प्रहरीको विवरणमा देखिएको छ । बेलायतमा ३५ माइक्रोग्राम भन्दा बढी मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था छ ।
लोरिसले एक विज्ञप्तिमार्फत परिवार, क्लब, सहकर्मी र समर्थकहरूसँग क्षमा याचना गरेका छन् । विज्ञप्तिमार्फत् उनले भनेका छन्– ‘मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु सम्पूर्ण रूपमा मेरो कमजोरी हो, म स्वीकार गर्दछु, तर सधैँ यस्तै गल्ति भने हुने छैन ।’
प्रतिक्रिया