पेट्रोलबाट आगलागी हुँदा एकै परिवारका सातको मृत्यु

पेट्रोलबाट आगलागी हुँदा एकै परिवारका सातको मृत्यु


आगलागीमा परी पूर्वी युगाण्डामा एकै परिवारका सातजनाको मृत्यु भएको छ ।

पूर्व क्योगा क्षेत्रका प्रहरी प्रवक्ता मिचेल ओडोङ्गोले सिन्ह्वालाई टेलिफोनमा बुधबार दिएको जानकारीअनुसार मंगलबार बेलुका आगलागी भएको हो ।

बुकेडा जिल्लाको अमुटोरो गाउँमा रहेको एउटा घरमा स्थानीय समयअनुसार बेलुका ८ बजे ग्यालेनमा राखेको पेट्रोलबाट आगो फैलिएको प्रहरी प्रवक्ताको भनाइ छ ।

खाना पकाएकी महिलाले घरबाहिर पकाएको खाना भित्र लगेर राख्ने क्रममा पेट्रोलबाट आगलागी भएको बताइएको छ । झुप्रो घर भएकाले आगोले चाँडो टिपेको प्रहरीले जनाएको छ ।

‘उनीहरूले अवैध तरिकाले पेट्रोलको व्यापार गर्दै आएको र त्यसैका लागि घरमा पेट्रोल राखेका थिए,’ प्रहरी प्रवक्ता ओडोङगोले भने ।