स्कुटरले ठक्कर दिँदा तामाङको मृत्यु

स्कुटरले ठक्कर दिँदा तामाङको मृत्यु


बेंसीशहर नगरपालिका–१ उदिपुरमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।

बिहान उदिपुरबाट सुन्दरबजार–९ भोटेओडारतर्फ जाँदै गरेको ग.१३प ९००३ नम्बरको स्कुटरले ५२ वर्षीय पैदलयात्रु लक्ष्मी तामाङलाई ठक्कर दिँदा टाउकामा गम्भीर चोट लागेको र उपचारका क्रममा जिल्ला सामुदायिक अस्पताल बेंसीशहरमा मृत्यु भएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

स्कुटरचालक गोरखा पालुङटार नगरपालिका–४ का १९ वर्षीय विजय भुजेललाई स्कुटरसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।