‘ब्लोदान’को कार्यक्रममा महर्जनद्वारा ५५औँ पटक रक्तदान

‘ब्लोदान’को कार्यक्रममा महर्जनद्वारा ५५औँ पटक रक्तदान


ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) को आह्वानमा ललितपुर जिल्ला शाखाले आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

यही कार्तिक ३ गते शनिबार ललितपुरको भैंसेपाटी चोकमा आयोजित कार्यक्रममा ब्लोदान ललितपुर जिल्ला शाखाका का. अध्यक्ष सानुलाल महर्जनले ५५औँ पटक रक्तदान गरे भने देशमा रगतको अभावलाई मध्येनजर गरि आकस्मिक रक्तदान गरेको उनले बताए ।

सो अवसरमा ब्लोदान केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठ, नेनेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति बाबुराजा महर्जन, वडा नं. १८ र २५ का वडाअध्यक्षहरू, ब्लोदान केन्द्रीय उपाध्यक्ष, सचिव, सदस्यहरूका साथै प्रहरी प्रभाग बुङमति कार्यालयका इन्चार्ज र ब्लोदान जिल्लाका समस्त सदस्यहरु उपस्थित थिए ।