बलात्कार अभियोगका फरार परियार पक्राउ

बलात्कार अभियोगका फरार परियार पक्राउ


हतकडीसहित फरार भएका एक अभियुक्तलाई सिन्धुली प्रहरीले ११ दिनपछि पक्राउ गरेको छ । सुनकोशी गाउँपालिका–३ रातमाटाबाट फरार भएका सञ्जय परियारलाई प्रहरीले गएराति बसपार्कबाट पक्राउ गरेको हो । परियारमाथि बलात्कारको अभियोग छ ।

सर्लाही ईश्वरपुरा नगरपालिका–५ का १७ वर्षीय परियार जबर्जस्ती करणीको अभियोगमा काठमाडौंबाट पक्राउ गरी सर्लाही लैजाने क्रममा गत भदौ २१ गते हतकडीसहित बाटोबाटै भागेका थिए ।