अध्यक्ष पराजुलीलाई मातृशोक

अध्यक्ष पराजुलीलाई मातृशोक


न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष एवम् राष्ट्रिय समाचार समितिका पूर्व सञ्चालक सदस्य गङ्गाधर पराजुलीलाई मातृशोक परेको छ ।

पराजुलीकी माता ९३ वर्षीय कलावती पराजुलीको उपचारका क्रममा गण्डकी मेडिकल शिक्षण अस्पताल पोखरामा आज (सोमबार) निधन भएको हो । उच्च रक्तचापको समस्या भएपछि उहाँलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको थियो । स्व. पराजुलीका चार छोरा र एक छोरी हुनुहुन्छ ।