स्कूले बालकको मृत्यु

स्कूले बालकको मृत्यु


–ग्रेस बहादुर सिंह, बझाङ
बझाङ सदरमुकाम चैनपुरमा समता फाउन्डेशनद्वारा संचालित समता बोर्डिङ स्कूलमा अध्यानरत एक बालकको रहस्यमय तबरले मृत्यु भएको छ । कक्षा नर्सरीमा अध्ययनरत जयपृथ्वी नगरपालिका–७ का ५ बर्षिय नविन कुँवरको मृत्यु भएको हो ।

बालकलाई सोमबार विद्यालय छुट्टी भएर घर जाने क्रममा कक्षा कोठाभित्रै बेहोस अवस्थामा फेला परेको स्कूलका प्रिन्सिपल योगीता जोशीले जानकारी दिइन् । उनका अनुसार बेहोस अवस्थामा कक्षा कोठामा पल्टिएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो । जिल्ला अस्पतालका डाक्टरहरुका अनुसार बालकको टाउकोको पछाडि भागमा चोट लागेको छ ।

‘विद्यालयको छुट्टी ३ बजेर ५ मिनेटमा हुन्थ्यो । हामीहरु र भएका शिक्षिका साथीहरु सबै बालबालिकालाई अभिभावकको जिम्मा लगाउँदै थियौ । घटना कसरी घट्यो भन्ने पत्तो नै भएन् ।’ प्रिन्सिपल जोशीले भनिन्, ‘हामीहरु पनि अचम्ममा परेका छौं ।’

घटनाबारे अनुसन्धान भईरहेको यता जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ ।