कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार

कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार


पार्किन्सस रोगको सफल शल्यक्रियापछि वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ । अन्नपूर्ण न्यूरो अस्पतालले जारी गरेको विज्ञप्तिमा कलाकार श्रेष्ठको गत बिहीबार सो रोगको शल्यक्रिया गरिएको उल्लेख छ । कलाकार श्रेष्ठको देब्रेतर्फ पनि समस्या देखिन थालेकोले नयाँ तार नयाँ ठाउँमा पुनः राखी पुरानै पेसमेकरमा जडान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

डा. रेशा श्रेष्ठ र डा. वसन्त पन्तले उनको शल्यक्रिया गरेका थिए । कलाकार श्रेष्ठमा गत नौ वर्षअघि सो रोगको लक्षण देखा परेपछि विगत चार वर्षदेखि दिमागको दाहिनेतर्फको भागमा बढी समस्या भएकोले देब्रेपट्टीको भागमा शल्यक्रिया गरिएको हो । सम्बन्धित चिकित्सकका अनुसार दिमागको दाहिने भागमा समस्या देखिएमा देव्रेपट्टी शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

बताइएअनुसार उक्त शल्यक्रिया सो अस्पतालमा पहिलो पटक गरिएको हो । कलाकार श्रेष्ठको शल्यक्रियापछि सो सेवालाई नियमित रुपमा सञ्चालन गर्ने अस्पतालले जनाएको छ ।