‘चिरफार’का लागि प्रदीप नेपालज्यूप्रति आभार

‘चिरफार’का लागि प्रदीप नेपालज्यूप्रति आभार


bicharकृति–अनुभूति– डा. बालकृष्ण थापा, न्युरोसर्जन
विभिन्न काल–खण्डमा लेखिएका निबन्धहरूलाई एउटै मालामा उनेर एउटा किताब निकाल्ने इच्छा त धेरैअघि नै जागेको थियो, तर ‘जनआन्दोलन–२ मा चितवन र चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले खेलेको भूमिका’का साथै ‘क्यान्सर अस्पतालको एक काल एकखण्ड’, ‘क्यान्सर अस्पताल र छिमेकीको सम्बन्ध’, ‘अनिल सिंखडा, घटना र पाठहरू’लगायत मार्मिक, रोचक र ऐतिहासिक दस्ताबेजको नमुना प्रकाशन, प्रमुख अतिथि, विशेष अतिथिसमेतले विमोचन गरी किनेर अध्ययन गर्नुभएको ‘चिरफार’ निबन्धसङ्ग्रह प्रकाशन गर्ने जाँगर यति नै खेरचाहिँ खासै थिएन । नरबहादुर खाँडले अस्पतालको शøयामा रहनुभएको बेला मलाई घच्घचाउनुभएको थियो, ‘जसरी भए पनि क्यान्सर अस्पतालको बारेमा तपाईं बोल्नुप-यो, चुप लाग्नुभएन । यसलाई माया गर्नेहरूको सङ्ख्या दिनानुदिन घट्दो छ र डाहा गर्नेहरूको सङ्ख्या बढ्दो छ । म त मर्नुपरे पनि यहीँ मर्छु भनेर उता छोडेर यहीँ आएको छु ।’ यसरी मलाई घच्घच्याउने उहाँले म कोरिया गएको बेला हामीलाई छाड्नुभएछ । मेरो पूर्वसोचअनुसार एउटा सङ्गालो बनाएर पाण्डुलिपि वरिष्ठ साहित्यकार तथा राजनीतिज्ञ प्रदीप नेपालज्यूलाई केही समयअगाडि पठाएको थिएँ । उहाँले ‘लाज र इमान भएको मान्छेका अनुभूति’ भनेर भूमिका लेखिदिनुभयो । ‘बालकृष्ण थापा पेसाले चिकित्सक हुनुहुन्छ, त्यो पनि हालसम्मै ज्यानमारा ठहरिएको रोगको शत्रु, अर्थात् न्युरोसर्जन । भर्खर न्युरोसर्जरी गरेर आएका डाक्टर बालकृष्ण थापासँग बाह्र वर्ष पहिलेको प्रथम भेटमा उहँँकै सल्लाहमा एउटा उपचार प्रक्रियामा आफू प्रवेश गरेको र सानो जीउडाल सानै अनुहारका युवा डाक्टरको खोजीलाई मनमनै निरन्तरता दिइराखेको’ उल्लेख गर्नुभएको छ आप्mनो भूमिकामा ।
प्रदीप नेपाल अगाडि लेख्नुहुन्छ– आफ्नो डाक्टरलाई साहित्यिक सहकर्मीका रूपमा पाउँदा खुसी लाग्ने कुरो एकदमै स्वाभाविक थियो । पहिलो पृष्ठ पल्टाएँ । मैले आप्mना किताबहरूमा समर्पण राख्ने ठाउँमा लेखिएको थियो– दुई खुट्टा टेक्दैमा मानिस होइँदैन । मान्छे हुनलाई कम्तीमा दुईवटा गुण चाहिन्छ, (ती हुन्) लाज र इमान ।
‘अनौठो लाग्यो अनि रमाइलो पनि । यसलाई व्यङ्ग्य मान्न पनि सकिन्छ । किनभने वर्तमान नेपालमा माथि भनिएका दुई गुण भएका मानिसको सङ्ख्या असाध्यै न्यून छ । अझ पढालिखाहरूमा त यी गुणहरूको खडेरी नै परेको छ । यसलाई उपदेश मान्न पनि सकिन्छ । किनभने यसले बाटो बिराउन खोजेकाहरूलाई जनमार्गतिर फर्किन सहयोग पनि गरेको छ । मेरो निष्कर्षमा चाहिँ जीवन बचाउने डाक्टरको कलमबाट निस्किएको हुनाले यसलाई जीवनदायी औषधि मान्नु सबैभन्दा बढी उपयुक्त हुन्छ । किनभने बालकृष्ण थापाको लेखनशैलीको विशेषता रहेछ यो । आफ्ना सबै निबन्धको पुछारमा उहाँले लामो लेखनीको निष्कर्ष राख्नुभएको छ । ती निष्कर्षमा पनि एकरूपता अथवा उपदेशिक मान्यता मात्रै छैन । कतै ती साँच्चिकै उपदेशका रूपमा पस्किइएका छन्, धेरै सुझाव अनि थोरै दिक्दारीको भाकामा पनि पोखिएका छन् । दिक्दारीभित्र आक्रोश त हुने नै भयो । माघ १६ सहिद दिवसको दिन । हाम्रो सिर्जना पत्रिका परिवारले बाबुराम पाण्डेको व्यवस्थापन र यमुनाजीको सल्लाहमा कार्यक्रमको आयोजना गरिएको र पोखराका साहित्यिक हस्ती प्राडा रविलाल अधिकारीलाई दशरथ चन्द पुरस्कार वितरण, चिरफार निबन्धसङ्ग्रहको विमोचन र हाम्रो सिर्जनाको सार्वजनिकीकरणको कार्यक्रमको तय गरिएको थियो उद्योग वाणिज्य सङ्घ नारायणगढको सभाहलमा । अनौठो तरिकाले १६ गते मञ्चमा १६ वटा कुर्सी, हलको अघिल्लो पङ्क्तिमा १६ जना अतिथि । अर्को अनौठो– प्रमुख अतिथि, विशेष अतिथिलगायतले विमोचन गरिएको चिरफार किनेर अध्ययन गर्नुपर्ने अनुरोध । त्यसपछि हलमा उपस्थित धेरैले आफ्नोप्रति सुरक्षित गरिहाल्नुभयो । अनि धेरैको वाक्य सुनियो– हामीले साहित्यिक कृति भनेर सित्तैमा लिन दिन हँुदैन । पढ्ने बानी नबसेको कारण नै यही हो । किनेपछि माया लाग्छ र पढिन्छ अनि जोगाइन्छ पनि ।
अभि भण्डारीद्वारा सञ्चालित कार्यक्रमको अध्यक्षता डीआर पोखरेलले गर्नुभएको थियो, झापाका हरिचरण बानियाँ प्रमुख अतिथि र प्रा. आनन्ददेव भट्ट विशेष अतिथि रहनुभएको उक्त कार्यक्रममा चितवनका करिबकरिब सबैजसो साहित्यिक हस्तीहरूको उपस्थिति थियो । गजलकार धनराज गिरीको उपस्तिथि वास्तवमै रोचक रहन्छ नै । कार्यक्रम तीन चरणमा विभक्त थियो । स्रष्टासम्मान तथा पुरस्कार वितरण, कृति विमोचन र हाम्रो सिर्जना पत्रिकाको सार्वजनिकीकरण । हरिहर सविता र हरिहर खनालद्वारा सम्मानित स्रष्टाका बारेमा बोल्ने क्रममा सम्मानित स्रष्टाको योगदान र पुरस्कार पाउन योग्य रहेका बृहत् तर्कहरूले उहाँको उचाइ बढाएको थियो श्रोतामाझ । पुरस्कार राशि १५ हजार आजको जमानामा ठूलो होइन, सम्मान ठूलो हो । कृतिका बारेमा वरिष्ठ साहित्यकार केदार खनालले बहुत मिहिन ढङ्गले गहन रूपमा समालोचनासहितको समीक्षा गर्नुभयो, भन्नैपर्दा चिरफार निबन्ध–सङ्ग्रहको चिरफार नै गरिदिनुभयो । निबन्ध र साहित्यिक रूपमा मात्र होइन त्यत्तिकै भावना र भावुकतामा पनि । मैले उहाँलाई धन्यवाद दिँदा उहाँले भावनात्मक रूपमा भन्नुभयो– किताब पढेपछि थाहा भयो तपाईंका हरसासमा क्यान्सर अस्पताल रहेछ । क्यान्सरभित्र मायालुहरूको खडेरी परेको बेला पनि कलकलाउँदो बिरुवा जमेर बाँचेको रहेछ । धन्यवाद छ केदार सर, क्यान्सर अस्पतालप्रतिको माया दर्शाइदिनुभएकोमा । हुन त धेरै पहिले पनि क्यान्सरका चिकित्सकलाई बाहिर प्राक्टिस गर्न दिने विषयमा यहाँले बहुतै ध्यानाकर्षण गराउँदै क्यान्सर अस्पतालप्रतिको चासो राख्नुभएको हो । तर, त्यतिखेरको समयमा सायद म ठीक थिएँ सर । क्यान्सर अस्पताल डाक्टरविहीन नगराउन त्यो आवश्यक थियो । अन्यथा माफ गर्नु नै हुनेछ ।
कार्यक्रम सकिएपछि खानपान र पुस्तक किन्ने काम भइरहेको थियो । गफगाफ चल्नु स्वाभाविक हो । अनि कतिपयचाहिँ पढ्दै थिए प्रदीप नेपालज्यूको भूमिका ‘प्रस्तुत सङ्ग्रहमा सबैखाले औषधिहरू राखिएका छन् । चितवनको एउटा चोकबाट आरम्भ भएको यो निबन्ध यात्रा म्यान्मार (बर्मा) र कोरियासम्मको फन्को मारेर आउँछ । यति हुँदाहुँदै पनि यसलाई ती फन्कोहरूमा बुझ्नु उपयुक्त हुँदैन । सबै निबन्ध चितवन, क्यान्सर उपचार विधि र चितवन वरपरका साहित्यिक गतिविधिमा केन्द्रित रहेका छन् । अझ खेरेर भन्ने हो भने यो चिरफारलाई चितवन जिल्लाको जनआन्दोलन भाग– २ को चिरफार भनिदिँदा पनि हुन्छ । निबन्धकै भाकामा भन्ने हो भने जनआन्दोलन भाग २ मा भरतपुरे सत्याग्रही आन्दोलनको दस्तावेज र भरतपुर क्यान्सर अस्पतालका कर्मचारीको भूमिका भनिदिँदा अन्यथा हुँदैन । भरतपुर क्यान्सर अस्पतालका कर्मचारी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरिरहँदा पनि आफ्नो सेवाग्रही कर्मलाई छोडेका रहेनछन् । यसलाई कर्मचारी समुदाय, कुनै पनि आन्दोलनमा संलग्न हुँदाको सकारात्मक शिक्षाका रूपमा लिनु राम्रो हुन्छ । र, चिरफारमा ठाडो राजनीतिक चर्चा मात्र छैन । चितवनको राजनीति र साहित्यिक गतिविधिमा कहिल्यै बिर्सनु नहुने आनन्ददेव भट्टको तस्बिर खिचेजस्तो भाषाको परिचय पनि यहाँ छ ।’
प्रदीप नेपालज्यूले अगाडि लेख्नुभएको छ, ‘आफ्नो चिरफारमा डाक्टर थापाले व्यक्तिको जिम्मेवारी, समूहको दायित्वबारे महत्वपूर्ण कुराहरू पस्किनुभएको छ । दायित्व भनेको कुनै एउटा ठूलो मान्छेको मात्र हुँदैन, साना भनिने नागरिकले पनि आफ्नो हिस्साको जिम्मेवारी बहन गर्नुपर्छ भन्ने सन्देश प्रस्तुत निबन्धसङ्ग्रहको एउटा महत्वपूर्ण शिक्षा हो भन्ने मलाई लाग्दछ । थारूहरूलाई सलाम शीर्षकको चाहिँ उल्लेख गर्न मनलाग्यो । किनभने यसमा राष्ट्रियताको पक्षपोषण गरिएको छ, मुलुकको बौद्धिक समुदायको निम्छरोपनमाथि प्रहार गरिएको छ । व्यक्तिगत स्वार्थपूर्तिका लागि शिक्षित व्यक्तिले अर्काको दौराको पुच्छर नसमाउने हो भने नेपाल अहिलेको भन्दा सुन्दर एवम् समृद्ध हुन्छ भन्ने सन्देश यो निवन्धसङ्ग्रहले दिएको छ ।’
यति गहन विचार र अभिव्यक्तिसहित आप्mना भावनाहरू राखिदिनुहुने वरिष्ठ साहित्यकार, राजनीतिज्ञ सञ्जय थापा उर्फ प्रदीप नेपालज्यूलाई मुरीमुरी आभार र धन्यवाद दिन चाहन्छु ।
यस निबन्धसङ्ग्रहमा खासगरी क्यान्सर अस्पताल, यसका छिमेकी र छिमेकीसँगको यसको सम्बन्ध, यससँग सम्बन्धित केही घटनाक्रमहरूलगायत यस अस्पतालका राष्ट्रिय योगदानसहित न्युरोअंकोसर्जरीको यात्रा, ब्रेन ट्युमरमा भिडियो एक्स–रे (यूएसजी)को प्रयोग तथा साहित्यकारहरू मोदनाथ प्रश्रित, आनन्ददेव भट्टसँग सम्बन्धित निबन्धहरू पनि समाविष्ट छन् । एक सय ४८ पृष्ठ भएको पुस्तकको आवरणमा जनआन्दोलन– २ को चितवनको अभूतपूर्व जुलुसको झल्को छ भने सिरानमा लेखिएको छ– दुई खुट्टा टेक्दैमा मानिस होइँदैन, मान्छे हुनलाई कम्तीमा दुईवटा गुण चाहिन्छ ‘लाज र इमान ।’
सर्जकको नाताले आफूलाई त आप्mनो सिर्जना राम्रो लाग्ने नै भयो, वास्तवमै अहिलेसम्म आएको फिडब्याकमा किताब समग्रमा धेरै राम्रो भएको पाइएको छ । अरू त पाठकहरूले नै मूल्याङ्कन गर्नुहुनेछ । यस्तो ऐतिहासिक किताब पढ्न र जोगाएर राख्नचाहिँ नबिर्सनुहोला भन्दै बिट मार्न चाहन्छु ।