बलात्कार र हत्याविरुद्ध कञ्चनपुर काङ्ग्रेसको प्रदर्शन

बलात्कार र हत्याविरुद्ध कञ्चनपुर काङ्ग्रेसको प्रदर्शन


कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्कीका १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारालाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै नेपाली काङ्ग्रेस कञ्चनपुरले प्रदर्शन गरेको छ ।

भीमदत्तनगर बजारमा प्रदर्शन गर्दै काङ्ग्रेस कञ्चनपुरले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई हत्यारालाई कारबाहीको मागसहित ज्ञापन पत्रसमेत बुझाएको छ ।

हत्या भएको ५५ दिन बितिसक्दा पनि वास्तविक हत्यारालाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै नेपाली काङ्ग्रेस कञ्चनपुरका पार्टी सचिव दिवाकर पाण्डेयले आफूहरुको मागबारे बेवास्ता गरिए शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। उनले तेस्रो पटक काङ्ग्रेसले ज्ञापनपत्र बुझाएको स्मरण गराउँदै ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पेश गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे ।