घाइते बालकको उपचारको लागि इजरायलबाट सहयोग सङ्कलन

घाइते बालकको उपचारको लागि इजरायलबाट सहयोग सङ्कलन


– रमेश विक, गुल्मी

गुल्मीका एक बालकलाई पर्वत सेवा समाज इजरायलले आर्थिक सहयोग उपलब्ध गराएका छ। पर्वत सेवा समाज इजरायलका संयोजक दिपिका भुसालको संयोजकत्वमा सङ्कलन भएको रकम ४६ हजार रकम गुल्मीको इस्मा गाउँपालिका ४ निवासी चार वर्षीय बालक उमेश कुमालको उपचार लागि नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीमार्फत हस्तान्तरण गरिएको छ ।

केही समयअघि घरको माथिल्लो तल्लाबाट खसेर पकाउँदै गरेको दालको कराइमा परिघाइते भएका बालकको उपचारको लागि सो रकम सङ्कलन गरिएको केन्द्रिय सदस्य भण्डारीले जानकारी दिए ।

लोकतान्त्रवादी पत्रकारको छाता संगठन नेपाल प्रेस युनियन गुल्मीको ७औं जिल्ला अधिवेशनको अवसरमा प्रेस युनियनका निवर्तमानका अध्यक्ष हरिकुमार श्रेष्ठलाई नेता भण्डारीले रकम हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण गर्दै उनले विदेशमा बस्ने नेपालीले नेपालमा संकट पर्दा र असहायलाई सहयोग गर्न आफ्ना हात बढाएका छ्न्, नेपालमा बस्नेहरुमा पनि यस्तै सहयोगको भावना वृद्धि होस् भन्ने कामना गरे । उनले सहयोगी दिपिका भुसाल र सहयोग सङ्कलन कार्यमा सहयोग पुर्याउने सबैलाई धन्यवाद पनि दिए ।

जिल्ला अस्पताल तम्घासमा उपचार सम्भव नभएपछि त्यहाँका स्वास्थ्यकर्मीहरुले सहयोग सङ्कलन गरि थप उपचारका लागि पाल्पाको मिसन अस्पतालमा पठाएका थिए । बालकको उपचारको लागि अन्य स्थानबाट पनि सहयोग सङ्कल भइरहेको जनाइएको छ ।