नेकपा सचेतक शान्ता चौधरी बेहोस

नेकपा सचेतक शान्ता चौधरी बेहोस


काठमाडौँको टुँडिखेलमा आयोजित विशेष कार्यक्रमको क्रममा नेकपाको संसदीय दलकी सचेतक शान्ता चौधरी बेहोस भएकी छन् । चौथो संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा टुँडिखेल आएकी एमाले नेत्री तथा सांसद चौधरी बेहोस भएर ढलेकी हुन् । सांसद चौधरी गर्मीका कारण ढलेको हुन सक्ने अनुमान छ ।