नक्कली देवता -इन्द्रकुमार श्रेष्ठ

नक्कली देवता -इन्द्रकुमार श्रेष्ठ


मेरो देवतालाई तिमीले
फकाएर लग्यौं
धक्याएर लग्यौं
कुटेर लग्यौं
तानेर लग्यौं
जबर्जस्ती लग्यौं
अनि आफ्नो कोठमा थुन्यौं
उसलाई आफ्नो बनाइराख्न
अनेकथरी जाल बुन्यौं
तर सर्वव्यापी देवता
त्रि्रो कैदखानाबाट भागेर
मेरो छेउमा आइसकेको छ
त्रि्रो राक्षसी प्रवृत्तिको पोल लाउँदै
मेरो हृदयमा छाइसकेको छ
र अहिले
त्रि्रो कैदखानामा भएको देवता
तिम्रै सर्वनाश गर्न
क्रमश: बढिरहेछ
तिमी उसलाई ठान्दैछौं
यही हो मेरो सक्कली देवता
तर ऊ बढिरहेछ
राक्षसी प्रवृत्ति उमालेर
तिम्रै अस्तित्वनाशक
नक्कली देवता ।

रित्तिएको संवेदना र मेरो आग्रह
-सन्त थलङ
अहिले मसँग
छैन कुनै नयाँ कविताको प्लट
छैन नयाँ कविताको लागि
कुनै सुन्दर विम्व
न त छ कुनै राष्ट्रियता झल्काउने प्रतिक
छ त केवल शुन्य मष्तिष्क
छ त केवल रिक्तो मन
भयो नजिस्काउन नवयौवना वैंशहरू
भो नचलाउन कामुक औंलाहरू
र, नदेखाउन, वैशालु देह
यी सबै सबैले
हुने छैनन् मलाई
अहिले मन
जमेको छ ठिही बनेर
संवेदनाहिन कुनै ढुंगाजस्तो
जटि हिर्काउ तिमी
निर्मताका कोर्राहरूले
जटि टुक्राउ
अचानोमा राखेर
कुनै काँतर भुत्ते खुकुरीले
अहँ, यो दुख्ने छैन
यो चलमलाउने छैन
कुनै चित्कार निकाल्ने छैन
हेर्दाहेर्दा कुरूप दृष्यहरू
पत्थर बनिसके यी आँखाहरू
हिड्दाहिड्दा खिइएर
धूलो बनेको छु म
संवेदाहिन मान्छेहरूको भीडमा
मैले पनि गुमाए आफ्नो समवेदना
कुनै आफन्तजनको मृत्युले
रुवाउने छैन मेरो मन
कुनै विभत्स दृष्यले
तर्साउने छैन मेरो आँखाहरलाई
कुनै उत्कृष्ट कविताले
हल्लाउने छैन मेरो हृदय
ओ ! पत्थर मान्छेहरू
सक्छौं भने तोड मेरो मौनता
सक्छौं भने ब्यूझाउ मेरो सम्वेदना
सक्छौं भने दृष्टि भरिदेउ मेरो आँखामा
सक्छौं भने गति देउ मेरो पाइतालालाई
होइन भने
भत्काउन तयार छु
तिमीहरूको संवेदना
टुक्राउन सक्छु कुनै पनि समय
तिमीहरूको संवेदनाशिल मन
किनकी अहिले म
पत्थर बाँचिरहेछु-सम्वेदनाविहिन

मीठो टोकेर काफल-वामदेव पण्डित
(वर्ष ९५)
विद्युत् महँगी ऊर्जा पानी संकट सर्वदा ।
बोकेर शिरमा हिँड्छ अभागी जनता सदा ।।१।।

मैनबत्ती र सल्लो भो कडुवा तेलसम्मले ।।
आंशिक रूपमा पार हुन सक्छौं समग्रले ।।२।।

तर विशुद्ध पानीको विकल्प नभईकन ।।
ढलको मल फोहोर ट्याङ्करको अझै झन् ।।३।।

धमिलो बोटली पानी दर्ुगन्ध जल त्यो लिई ।।
पौचाई घरमा बाँड्छ खान्छौं बाध्य भई पिई ।।४।।

दूषित जलले रोग विभिन्न लाग्छ के गरौँ ।।
दुर्गन्ध जल त्यो धोक्न बाध्य भई यसरी मरौँ ।।५।।

मेलम्ची जल घिच्याई ल्याएर जनता सब ।।
निरोगी दुनियाँ गर्छु भन्दै दर्शाई ताण्डव ।।६।।

अबौर्ं खबौर्ं भयो खर्च कर्मचारी बने धनी ।।
मूर्दा योजना हाय सत्ता हेर्दैन लौन नि ।।७।।

रामको नाम सम्झेझैं मेलम्ची जप गर्दछौँ ।।
शासक ती बने धूर्त दिई धिक्कार बस्दछौँ ।।८।।

खबौर्ं बजेट देख्दैछौँ कागजपत्रमा तर ।
बालुवाको हुँदै पानी सोसिइन्छ निरन्तर ।।९।।

मेलम्ची योजना यसरी गिल्थिल्याउनु ।।
घोर अपराध हो भन्छौँ मन्त्री हो नरिसाउनु ।।१०।।

अर्थमन्त्री हुँदा वृद्ध बूढाको रसिलो मन ।।
हुने भै शीघ्र थाल्ला कि मेलम्ची धार गर्जन ।।११।।

हे मन्त्री जलधार त्यो आकाशको भयो फल ।
निर्लज्ज हेर्दछ सत्ता मीठो टोकेर काफल ।।१२।।

पूरक कहिने जो छ हिस्सा केही बजेटको ।।
दिए होला निकै राम्रो मेलम्ची मित्र क्षेत्रको ।।१३।।

उपत्यका खुसी होला मेलम्चीको मिली जल ।।
अझै नारीहरू नाची पोतर्नेछन् गाजल ।।१४।।