आमा

आमा


लुके झैँ छिपे झैँ, नगर्नु न आमा
चुके झैँ झुके झैँ, नगर्नु न आमा

कहाँ छौ अहिले, उँडी पो गयौ कि
सुके झैँ फुके झैँ, नगर्नु नै आमा

तिमीलाई हेर्छु, छ फोटो अगाडि
उँडे झैँ गुडे झैँ, नगर्नु न आमा

बिलौना गरेको, विधाता पुकारी
जिते झैँ बिते झैँ, नगर्नु न आमा

फुलेको बँगैचा, हरायो चमेली
बुडे झैँ चुँडे झैँ, नगर्नु न आमा

कसोरी भनौँ खै, फिरी आउ छिट्टै
नआऊ भने झैंँ, नगर्नु न आमा ।।

  • कोमल, काठमाडौं