सिंगापुरमा भएको खुला आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, समान १–१ रजत र कांस्य पदकसहित कुल ५ पदक जितेका छन् । सिंगापुर च्याम्पियनसिपमा विकल पौडेल, राजन रसाइली र भूमिका श्रेष्ठले स्वर्ण पदक दिलाएको नेपाल आईटीएफ तेक्वान्दो महासंघका अध्यक्ष अञ्जन धमलाले जानकारी दिएका छन् ।
फाइटतर्पm विकलले ६३ केजी र राजनले ७५ मुनि नेपाललाई स्वर्ण दिलाएका थिए । प्याटर्नमा भूमिकाले कालो पेटीतर्पm नेपाललाई १ स्वर्ण दिलाउन सफल भइन् । त्यस्तै प्याटर्नमै समीर बस्नेतले पनि रजत पदक जितेका छन् । च्याम्पियनसिपमा नेपाल आईटीएफ तेक्वान्दो महासंघ प्रदेश–५ का अध्यक्षसमेत रहेका वीरेन्द्रजंग शाहीको प्रशिक्षण रहेको थियो । शाहीले च्याम्पियनसिपमा जुरीको भूमिकासमेत निर्वाह गरेका थिए ।
त्यस्तै अमेरिकाको न्युयोर्कमा भएको फस्र्ट नर्थ अमेरिकन अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपालका राजमन्दिर श्रेष्ठले कांस्य पदक जितेका महासंघका अध्यक्ष अञ्जन धमलाले जानकारी दिए ।
प्रतिक्रिया