पदकविजेता कराते खेलाडी सम्मानित

पदकविजेता कराते खेलाडी सम्मानित


ब्रिटिस ओपन इन्टरनेसनल कराते (बीकेएस) प्रतियोगितामा पदकविजेता कराते खेलाडी सम्मानित भएका छन् । युवा तथा खेलकुदमन्त्री जगतबहानुर सुनार (विश्वकर्मा), सचिव मोहनकृष्ण सापकोटाले पदकविजेता खेलाडी विनोद शाक्य गुभाजु, विप्लवलाल श्रेष्ठ र सोनाम लामा तथा रेफ्री सिर्जना अधिकारीलाई सम्मान गरेका हुन् ।

ब्रिटिस कराते फेडेरेसनको आयोजनामा यूकेको लेचेस्टरमा असोज ६ र ७ सञ्चालन भएको प्रतियोगिताको कुमुते टिम स्पर्धामा नेपालबाट विनोद शाक्य गुभाजु, विप्लवलाल श्रेष्ठ र सोनाम लामा फाइनलमा पराजित भएपछि रजत पदक जितेका थिए । सोनमले नै कुमुतेको व्यक्तिगत स्पर्धाअन्तर्गत पुरुष कुमुतेको ६० केजीमुनि नेपाललाई कांस्य दिलाएका थिए ।

त्यस्तै, नेपालका तर्फबाट निर्णायकको भूमिका निर्वाह गरेकी एसियन रेफ्री सिर्जना अधिकारीले उत्कृष्ट रेफ्रीको अवार्ड जितेकी थिइन् । नेपाली टिममा सहभागी व्यवस्थापक राजेन्द्र दुलाल, कुवेर एसके, खेलाडी सागर गुरुङलाई पनि सम्मान गरिएको थियो ।