लेट्स ब्रेक समूहले नेपाल ब्रेकिन च्याम्पियनसिपअन्तर्गन फाइभ भर्सेस फाइभ ब्रेकिनको उपाधि असोज २३ गते मंगलबार जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताअन्तर्गत उक्त समूहबाट प्रिन्स तुलाचन, रोशन परियार, रोशन थापा, कृष्ण पुन र किरण पेमी मगरले प्रतिस्पर्धा गरेका थिए । १२ टिम सहभागी सो स्पर्धाको उपाधिसँगै लेट्स ब्रेकले ५० हजार नगद पुरस्कार जित्यो । माइग्रेटिङ लायन्स दोस्रो हुँदै २० हजार नगद पुरस्कार हात पा¥यो ।
नेपाल ब्रेकिन एन्ड डान्स स्पोर्टस् संघद्वारा आयोजित प्रतियोगिताको आर १६ नेपाल स्पर्धामा श्याम महर्जन पहिलो बने । उनले ताइवानमा हुने आर १६ विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने अवसर पाएका छन् । रोशन थापा दोस्रो भए । उनले १० हजार नगद पुरस्कार प्राप्त गरे । यो स्पर्धामा ३४ प्रतिस्पर्धी सहभागी थिए ।
दुईदिने प्रतियोगिताका विजेतालाई राखेपका सदस्यसचिव केशवकुमार विष्ट र कोषाध्यक्ष सैलेश कर्माचार्य, आयोजक डान्स स्पोर्टस् संघका अध्यक्ष ईश्वर लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रतिक्रिया