माइक्रो बसको ठक्करले गर्भवती घाइते

माइक्रो बसको ठक्करले गर्भवती घाइते


राजविराज । राजविराज आउँदै गरेको हायस गाडीको ठक्करले मोटरसाइकलपछाडि सवार एक गर्भवती महिला गम्भीर घाइते भएकी छिन् ।

राजविराज नगरपालिका ९ मलेठस्थित राजविराज–रुपनी सडक खण्डमा नम्बर नखुलेको हायस गाडीको ठक्करले खडग नगरपालिका घर भई वडा नम्बर ७ स्थित कल्याणपुर बजार बस्ने ३० वर्षीया सहनशिला चौधरी गम्भिर घाइते भएकी हुन् । सात महिनाकी गर्भवती चौधरी बेहोस छिन् ।

बैंकबाट दशै खर्च निकाल्न राजविराज आएका इलाका प्रहरी कार्यालय भारदहमा कार्यरत प्रहरी जितबहादुर बर्देवाले चौधरीलाई लिफ्ट दिई कल्याणपुर लगिरहेका बेला विपरित दिशाबाट आएको हायसले ठक्कर दिई भागेको बर्देवाले बताए । बर्देवा भारदह सरुवा हुनुअघि इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत थिए ।