राष्ट्रपति र प्रधानमन्त्रीको टीका

राष्ट्रपति र प्रधानमन्त्रीको टीका


राष्ट्रपति विद्यादेवी भण्डारीले आज विजयादशमीको दिन देशका विशिष्ट व्यक्तित्वहरूलाई टीका र जमरा लगाइदिएकी छिन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, ईश्वर पोखरेल, कृष्णबहादुर महरा, युवराज खतिवडा, प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी प्रमुख सर्वेन्द्र खनाललगायतलाई राष्ट्रपति निवास शीतलनिवासमा टीका तथा लगाइदिइन् ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिएका छन् । हेरौँ राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले कस–कसलाई लगाइदिए टीका ।


उपराष्ट्रपति नन्दबहादुर पुनलाई टीका लगाइदिँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।


अर्थमन्त्री युवराज खतिवडालाई टीका लगाइदिँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।


कृष्णबहादुर महरालाई टीका लगाइदिँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।


ईश्वर पोखरेललाई टीका लगाइदिँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।


वामदेव गौतमलाई टीका लगाइदिँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।


प्रधानसेनापति पूर्णचन्द्र थापालाई टीका लगाइदिँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।


प्रहरी प्रमुख सर्वेन्द्र खनालाई टीका लगाइदिँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।

सर्वसाधारणहरूलाई टीका प्रदान गर्दै प्रधानमन्त्री ओली ।

तस्बिरहरू रासस