कसरी होला ! (वर्तमानको उद्धार)-प्रकाश प्रधान

कसरी होला ! (वर्तमानको उद्धार)-प्रकाश प्रधान


आज जताततै जनजीवन बेसम्भार
क्रान्ति बेकार परिवर्तन बेकार
चुनावबेकार सभाहरू सब बेकार
लक्ष बेकार अठोटहरू बेकार

सहकार्य बेकार सहमति बेकार
आश्वासन बेकार थामथुम बेकार
आशा सपना उल्लास सब बेकार

आन्दोलनमा जितेँ भन्नेहरू बेकार
क्रान्तिमा जितेँ भन्नेहरू बेकार
चुनावमा जितेँ भन्नेहरू बेकार
सरकार चलाउन पाएँ भन्नेहरू बेकार

किनकि हरुवाहरूको ललकार
राजनीतिक भविष्य सिद्धिएकाहरूको हुँकार
अह्रौटे-भरौटेहरूको पुँकार
क्षुद्र र सङ्कुचित स्वार्थ बुद्धिको दबदबाकार
आजको हाम्रो वर्तमान आकार

जनसागरको भेलले परिवर्तन ल्यायो त के भो
सामन्तशाही सिद्धियो त के भो
रुढीवाद खिचडीतन्त्र सिद्धियो त के भोर्
धर्मनिरपेक्ष गणतन्त्र आयो त के भो
नयाँ चुनाव भयो नयाँ-नयाँ नेता आए त के भो
आज जताततै जनजीवन बेसम्भार

आखिर हरुवाहरूको ललकारले
पुतला राजनहरूको बोलवाला चम्क्यो
अब कसरी होला हजारौँहजार
सहिदहरूको रगतको सत्कार
मातृभूमिको समृद्धि उन्नति र उद्धार
गणतन्त्र ल्याउने बहादुर जनताको सपना साकार –

गजल-सीता खनाल
तिर्खा लाग्दा यही आँसु पिएरै त बाँचेकी छु
फाटेको मन धागो राखी सिएरै त बाँचेकी छु
कहिले रुन्छु डाँको छोडी आफ्नै परिस्थितिसँग
पलपल आफैंभित्र जिएरै त बाँचेकी छु
नथालिँदै गन्तव्यका पाइला मोड्नु परे पनि
अलिकति मनमा आशा लिएरै त बाँचेकी छु
मैले रुनु परे पनि तिम्लाई राम्रो होस् भनी
सारा खुसी तिम्लाई पैँचो दिएरै त बाँचेकी छु
जीवन मेरो गाइने दाइको विरहको गीतजस्तै
त्यही गीतसँगै सारङ्गीमा रेटिएरै त बाँचेकी छु ।
? यम्घा-४, पाल्पा
नौ अर्ब डलर त्यो जेथा
– वामदेव पण्डित
वर्ष ९५
र्साईबाबा गयौ स्वर्ग तरेर भवसागर ।।१।।
र्साई राम भनी नाम सर्वदा सम्भिने गर ।।
बाबाको अब त्यो छैन अनित्य त्यो नासियो तन ।।२।।
भक्तमाथि रह्यो जिम्मा सदैव गर्न कीतन ।।
शक्तिका स्रोत बाबाको कीर्ति को सक्छ लेखन ।।३।।
उहाँको स्थुल त्यो देह पाउन्नौँ अब देखन ।।
लोकको गर्न कल्याण बन्थ्यो सदैव तत्पर ।।४।।
करोडौँ भक्त रुवाई गयौ वैकुण्ठमा पर ।।
महापुरुष जानुभो वैकुण्ठ लोकको तिर ।।५।।
हाहाकार भयो घोर दुनियाँमा सबैतिर ।।
नगन्य व्यक्तिले गर्थे आलोचनाहरू तर ।।६।।
करोडौँ व्यक्तिले गर्थे घृणा त्यसो निरन्तर ।।
रामकृष्णादि ठूला ती, महामानवसम्मको ।।७।।
गति यस्तै हुने गथ्र्यो होइन कुरो अचम्मको ।।
ठूला विकासका काम बाबाका देन उत्तम ।।८।।
स्थायी रहोस् हे दैव प्रार्थना गर्छरुर्दम ।।
नौ अर्ब डलर जेथा बाबाको हुनु सञ्जय ।।९।।
महाआर्श्चर्य यो पर्व नमानी हुन्न निश्चय ।।
समाधिस्थ हुँदा खेरि र्साई राम प्रभु कहीँ ।।१०।।
लाखौँले भन्दथे फेरि, औतार होस् है यहीँ ।।
अपार त्यो जेथालाई सुरक्षा गर भक्तले ।।११।।
नगरे गर्नु नै पर्छ राज्यद्वारा सशक्तले ।।
सिरडीका महाबाबा औतार बनी जन्म भो ।।१२।।
अवतार छिट्टै फेरि लिई बक्स्योस् हे प्रभो ।।