आज राति उल्कावर्षा देखिने, नेपाली आकाशबाट पनि हेर्न सकिने

आज राति उल्कावर्षा देखिने, नेपाली आकाशबाट पनि हेर्न सकिने


हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्कावर्षा आज राति देखिने भएको छ । आज राति पौने ११ देखि भोलि बिहान पौने ६ बजेसम्म उल्कावर्षा देखिने छ ।

बेलायती खगोलशास्त्री ‘एडमण्ड हेली’ ले न्युटनको गुरुत्वाकर्षण सम्बन्धी साध्यको माध्यमले सौर्यमण्डलका आकाशीय पिण्डको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात पुछ्रेतारा पत्ता लगाएको हुनाले यसलाई ‘हेलीेको पुछ्रेतारा’ भनिन्छ ।

हरेक ७५ वर्षमा सूर्यलाई परिक्रमा गर्ने पुछ्रेतारा १९८६ मा देखिएको थियो । आज रातिपछि पुछ्रेतारा अब सन् २०६१ मा देखिने अनुमान गरिएको छ । आज राति देखिने उल्कावर्षाको गति प्रति सेकेण्ड ६७ किलोमिटरसम्म हुने भएकोले करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिनेछ ।