रहेनन् पत्रकार रामचन्द्र हुमागाईं

रहेनन् पत्रकार रामचन्द्र हुमागाईं


‘नेपालभूमि’ साप्ताहिकका संस्थापक सम्पादक तथा साहित्यकार रामचन्द्र हुमागाईंको ६५ वर्षको उमेरमा आज निधन भएको छ ।

कलेजो रोगबाट पीडित हुमागाईंको आज दिउँसो ३ः५० बजे ललितपुरको सानेपास्थित ज्येष्ठ नागरिक केयर होममा निधन भएको हो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

हुमागाईंप्रति अन्तिम श्रद्धाञ्जलिका लागि नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य पवनमान श्रेष्ठ, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष डा. ईश्वरचन्द्र ज्ञवाली, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका अध्यक्ष डा. जगदीशचन्द्र भण्डारीलगायत आर्यघाट पुग्नुभएको थियो । दिवङ्गत हुमागाईंको एक छोरा र एक छोरी छन् ।

हुमागाईं क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय सल्लाहकार तथा काठमाडौ जिल्ला संयोजक हुनुहुन्थ्यो ।