भिरमौरीको मह झिक्न जाँदा लडेर मृत्यु

भिरमौरीको मह झिक्न जाँदा लडेर मृत्यु


गोरखामा भिरमौरीको मह झिक्न जाँदा भिरबाट लडेर एकजनाको मुत्यु भएको छ ।

जिल्लाको बारपाक गाउँपालिका–२ बारपाकका ५९ वर्षीय जितबहादुर घलेको भिरबाट लडेर आइतबार मुत्यु भएको स्थानीय नवीन घलेले बताए । छोरा गिर्जा घलेलाई लिएर कुम्र्याह भिरमा मह भिक्न हिँडेका घले मह भिक्दै गर्दा एक्कासि चिप्लिएर भिरबाट खसेको मृतकका छोरा गिर्जा घलेकोे भनाइ उद्धृत गर्दै उनले बताए ।

‘बाबु चिप्लिएर खसे पछिसँगै भिरमा मह झिक्न पुगेका छोरा गिर्जा घलेले स्थानीयलाई खबर गरे, गाउँका सबै मान्छे खोजतलास गर्न पुग्याँै,’ घलेले भने, ‘करिब तीन–चार घन्टापछि बल्ल मृतावस्थामा उनलाई फेला पा¥यौँ ।’ घले भिरबाट खसेर बेपत्ता भएको जानकारी पाएपछि बारपाक बजारदेखि करिब डेढ किलोमिटरको दूरीमा पर्ने उक्त भिरमा गाउँले सबै उनलाई खोज्न पुुगेका थिए ।

भिरबाट तल खसेको अवस्थामा गाउँलेले घलेलाई मृत फेला पारेको स्थानीयको भनाइ छ । उनको शरीर पूर्ण रूपमा क्षतविच्छेद अवस्थामा फेला पारेको घलेले बताए । कुम्र्याह भिर अत्यन्तै जोखिमपूर्ण भए पनि त्यस क्षेत्रका मानिस जोखिम मोलेर भिरमौरीको मह भिक्न जाने गरेका छन् ।